यसपटक क्रिसमस पर्वलाई तपाई कसरी सेलेब्रेट गर्दै हुनुहुन्छ ? यो उत्सव र पर्वलाई नेपालीपन र नेपाली मनसँग बाँडेर मनाउँने तपाईको इच्छा छ भने तपाईको लागि सुनौलो अवसर छ ।

हो यस वर्षको क्रिसमस पर्वको अवसरमा एनआरएन भिक्टोरियाले क्रिसमस डे बार्बेक्यूको आयोजना गर्दै छ । जहाँ थुप्रै नेपालीहरुका बीचमा वनभोजको जस्तै मज्जा र आनन्द लिन पाउँनुहुनेछ । परदेशको भूमिमा क्रिसमस जस्तो ठूलो पर्व नेपालीहरुकैबीचमा बसेर मनाउँन पाउँनुको आनन्द शायद तपाईलाई अवश्य होला ।

डिसेम्वर २५ का दिन मध्यान्ह १२ वजेपछि अल नेशन पार्क नर्थकोलमा हुने क्रिसमस डे बार्बेक्यूमा इच्छुक सबैलाई खुल्ला निम्ता गरिएको आयोजकले जनाएको छ ।

Comments

comments