अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतले राम्रो सुरुआत गरेको छ ।

अष्टे«ेलयाको ब्रिसबेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको छ । ओपनिङ ब्याट्सम्यान मुरली विजयले करियरको पाँचौं टेस्ट शतक बनाउनेक्रममा एक सय ४४ रन जोडे । अजिन्क्या रहाने ७५ तथा रोहित शर्मा २६ रनमा अविजित रहेका छन् । पहिलो खेलको दुवै इनिङमा शतक बनाएका विराट कोहलीले भने १९ रनमात्र बनाए । ‘डेब्यु’ खेलाडी जोश हाज्लेउडले दुई विकेट लिएका छन् । चार खेलको टेस्ट श्रृंखलामा पहिलो खेलमा ४८ रनले विजयी भएको अष्ट्रेलिया १–० ले अगाडि छ ।

आफ्नो बुढी औंलाको चोटका कारण लामो आरामपछि कप्तान महेन्द« सिंह धोनीले आज मैदानको कप्तानी सम्हालेका थिए । टेष्ट सिरिजपछिको विश्वकपको लागि पनि तयारीमा रहेका टिमहरु टेष्टमा अब्बल नतिजाको लागि लागि परेका छन् ।

Comments

comments