नेपाल र दक्षिण कोरियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएको छ ।

नेपालले दोस्रो पटक पठाएको मस्यौदामा कोरियाले सुझावसहित सहमति जनाएपछि श्रम सम्झौता नवीकरणको बाटो खुला भएको छ । दुई देशबीच सहमति भएपछि श्रम तथा रोजगार मन्त्रालयले कानुनी पक्षमा राय माग्न मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ ।  कानुन मन्त्रालयबाट फिर्ता आउनेबित्तिकै दुवै देशबीच श्रम सम्झौता नवीकरणको प्रक्रिया सुरु गरीनेछ । सम्झौताको मस्यौदा कानुन मन्त्रालयमा पठाइएको र त्यहाँबाट फिर्ता आउनासाथ सम्झौता नवीकरण गर्ने श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

Comments

comments