स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिड भिल्लारियलसँग पराजित भएको छ ।

गय राति भएको खेलमा भिल्लारियलसँग १–० गोल अन्तरले पराजित भएपछि एथ्लेटिको लिग लिडर रियल मड्रिडभन्दा सात अंकले पछि परेको छ ।
एल्थेटिको मड्रिडलाई घरेलु मैदानमा सिजनको पहिलो हार चखाउने क्रममा भिल्लारियलका भिट्टोले ८४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि एथ्लेटिकोका मारियो मान्जुकिजको क्लोज रेन्जको प्रहार भिल्लारियलका गोलरक्षकले रोकेका थिए ।

रियल मड्रिड १५ खेलबाट ३९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ अंक छ । एल्थेटिको मड्रिड भने ३२ अंका साथ तेस्रो स्थानमा छ ।

Comments

comments