भारतविरुद्धको एड्लेडमा जारी पहिलो टेस्ट क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाको शानदार ब्याटिङ गरिरहेको छ ।

दोस्रो दिन ६ विकेटको क्षतिमा तीन सय ५४ रनबाट अगाडि खेलको अष्ट्रेलियाले वर्षाले प्रभावित खेलमा दोस्रो दिनको समाप्तिसम्म थप एक विकेट गुमाएर ५ सय १७ रन बनाएको छ । तीन खेलाडीले शतक बनाइसकेको इनिङमा स्टेभेन स्मिथ एक सय ६२ रनमा अविजित छन् भने डेभिड वार्नर एक सय ४५ तथा कप्तान माइकल क्लार्क एक सय २८ रनमा आउट भएका छन् ।

कमजोर बलिङ गरिरहेको भारतका लागि मोहम्मद सामी, वरुणु आरोन र ‘डेब्यु’ खेलाडी कर्ण शर्माले समान २–२ विकेट लिएका छन् ।

Comments

comments