अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको आयोजनामा मोरक्कोमा आजदेखि क्लब विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा अन्तर्गत आज आयोजक राष्ट्र मोरक्कोको लिग च्याम्पियन मोघरेब टेटुवान फुटबल क्लबले न्यूजिल्यान्डको अकल्यान्ड सिटी एफसी को सामना गर्दैछ । डिसेम्बर २० तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी अन्य क्लबहरुमा स्पेनको रियाल मड्रिड, अष्ट्रेलियाको वेस्टर्न सिड्नी वान्डरर्स, अल्जेरियाको इएस सेटिफ, अर्जेन्टिनाको सान लोरेन्जो र मेक्सिकोको क्रुज अजुल रहेका छन् ।

Comments

comments