‘सबैको लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ आज ६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैछ ।

आजभन्दा ६५ बर्ष अघि १० डिसेम्वर आजकै दिन संयुक्त राष्ट्रसंघीय महासभाले विश्वब्यापी घोषणापत्र जारी गरि मानवअधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा राष्ट्रसंघीय मानवअधिकार उच्चायोग राष्ट्रिय मानवअधिकार आायोगले विज्ञप्ती निकाली मानवअधिकारको रक्षामा लाग्न अपिल गरेको छ ।  यसैबीच महिलामाथि हुने लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान आज सकिदैछ । अभियान समापनका अवसरमा राष्ट्रिय महिला आयोग र विभिन्न संघसस्थाले कार्यक्रम गर्दैछन् ।

नोभेम्बर २५ देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न जनचेतनामुलुक कार्यक्रम गरिएका थिए ।

Comments