संसारमा रुचिका विषय धेरै हुन्छन्, तर मलाई संगीत नै अधिक मनपर्छ | लाग्छ संगीत नै सबै भन्दा उपयुक्त रुचाइएको  बिषय हो | किनकी संगीत तपाइको वरपर जतासुकै छ |

यो एलिना गौतमको अनुभव हो | गौतम अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुन् |

हरेक दिन स्कुल पछिको समय आनन्द होस् भन्ने लाग्छ | पढाई पछिको खाने समय त्यतिबेला पनि संगीतले मलाई थकान मुक्त बनाउन सघाउँछ | १५-२० मिनेट नै किन नहोस् आनन्दको अनुभूति हुन्छ, अनि आफ्नो अरु काम तिर लाग्छु | तर मलाइ कामको बीचमा संगीतमा रमाउने अनुमति हुदैन |

काम पछिको समय पनि संगितक हुदा शारीरिक स्फूर्ति बढेको महसुस हुन्छ | प्राय: काम पछि म आफ्नै रोजाइका रक म्युजिक मस्त संग सुन्छु | कतिपय मेरा  साथीहरु अझै बुझ्दैनन् रक संगीतको मज्जा हामी केटीहरुका लागि पनि उत्तिकै छ | म त भन्छु संगीतीक आकाशमा रमेर उड्न जाने त्यो भन्दा आनन्द अन्त कतै छैन |

स्वस्थ मनोरञ्जनका लागी गीत संगीत एलिनाको  जस्तै  अरु धेरैका निम्ति रुचिको बिषय पक्कै हो जसले हासो खुशी र दुखमा समेत साथ दिन्छ  |

Comments

comments