नाइजेरियाको कानो सहरस्थित एक मस्जीदमा गराइएको विस्फोटमा दर्जनौं व्यक्ति मारिएको आशंका गरिएको छ ।

लगत्तै भएको गोली हानाहान समेतमा अरु चार सय व्यक्ति घाइते भएका विविसिले जनाएको छ । कानोमा अतिवादीहरुले गराएको यो अहिले सम्मकै ठूलो आक्रमण मानिएको छ । मारिनेको संख्याबारे आधिकारिक रुपमा भने केही बताइएको छैन । नाइजेरियाको प्रहरीले ३५ जना मरिएको पुष्टी गरेपनि मारिनेको संख्या सयौं हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । स्थानीय अस्पताल घाइतेहरुले भरिएका छन् ।

अतिवादी समूह बोको हरामले यसअगाडि गरेका आक्रमणहरुमा कानो सहरमा थुप्रै मानिस मारिएका छन्

Please follow and like us:

Comments