हिजोबाट काठमाण्डौमा शुरु भएको दुई दिने १८औं सार्क शिखर सम्मेलन आज सकिंदैछ ।

दिउँसो ४ बजे सार्क काठमाण्डौं घोषणापत्र जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ । सार्क मन्त्रीस्तरीय बैठकले तयार गरेको मुद्दालाई घोषणापत्रको रुपमा जारी गरिनेछ । समापन समारोहमै १९औं सार्क सम्मेलन आयोजक राष्ट्रको पनि औपचारिक घोषणा गरिनेछ । समापनपछि होटेल पुगेर राष्ट्र प्रमुखहरु राष्ट्रपति डा रामवरण यादवले उहाँहरुको सम्मानमा आयोजना गर्नुहुने रात्रीभोजमा सहभागी हुनुहुनेछ ।

रात्री भोज सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी आजै स्वदेश फर्किनु हुने भएको छ ।

Comments

comments