प्राचिन मिथिलाको राजधानी ऐतिहासिक तथा धार्मिक नगरि जनकपुरमा जारी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र माता सिताको स्वयंबर गरिने भएको छ ।

दिउंसो जानकी मन्दिरको प्रांगनबाट गाजाबाजाका साथ निस्किने झांकीसहितको टोली ऐतिहासिक रंगभुमि मैदान बाह्विघा पुगेर राम र सिताको स्वयंवर हुनेछ । आज राम मन्दिरबाट रामजीको डोला र जानकी मन्दिरबाट किशोरीजीको डोलालाई बाह्रविघा मैदानमा लगेर स्वयवंर गर्ने परम्परा रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । विवाह पंचमी महोत्सवलाई लिएर जनकपुरको विभिन्न मठ मन्दिरहरुलाई दुलही झै सजाइएको छ भने साँझ पख हरेक मठ मन्दिरमा वैवाहित गीतमा नाचगान हुने गरेको छ ।

आज हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन लाखौंको संख्यामा नेपाल तथा भारतबाट तिर्थालुहरु जनकपुर आउने क्रम जारी रहेको छ । महोत्सवलाई लिएर जनकपुरको सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

Comments

comments