प्राइड अफ नेपाल कप–२०१४ को तेस्रो हप्तासम्मको खेलमा अपराजित रहँदै आएको नर्रे किङ्सलाई थप ३ अंक प्राप्त भएको छ । आइतवारको लागि तय खेलमा ब्रन्सवीक ब्लुजले खेल हापेपछि नर्रेले विना प्रतिस्पर्धा ३ अंक पाएको हो । योसँगै तेस्रो हप्तासम्मको खेलमा अपराजित नर्रे किङ्स आफ्नो खातामा ९ अंक बटुल्दै खेल तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

यस्तै समान ३ खेल खेलेको हिमालयन क्लबले २ मा जीत र एकमा हार व्यहोर्दै ६ अंकको खातासहित नर्रे किङ्सलाई पछ्याइरहेको छ । यस्तै २ खेलमा जीत र १ मा पराजय भोगेको सगरमाथा क्रिकेट क्लबको खातामा पनि ६ अंक नै छ ।

जम्मा ६ टिम सहभागी प्राइड अफ नेपाल कपको तेस्रो हप्तासम्मको अंक तालिकामा ब्रन्सवीक र इस्टर्न वारियर्सको ३–३ अंक छ भने नेपालयले भने अहिलेसम्म पनि आफ्नो खाता नै खोल्न सकेको छैन ।

Comments

comments