नेपाल र भारतबीच बहुचर्चित पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माणका लागि छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने समझदारी भएको छ ।

नेपालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका जलस्रोत सचिव अनुजकुमार बिस्नोईको नेतृत्वमा नयाँ दिल्लीमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छ महिनाभित्रै डीपीआर तयार पार्ने समझदारी भएको हो । बैठकले छ महिनाभित्र डीपीआर तयार पार्ने जिम्मेवारी भारतको सरकारी परामर्शदाता कम्पनी डब्लूएपीसीओएसलाई दिएको छ । टेन्डर आह्वान गरी डीपीआर तयार पार्ने जिम्मा दिंदा समय लाग्ने भएकाले दुई देशबीचको सहमतिमा सोझै भारतीय सरकारी कम्पनीलाई त्यसको जिम्मा दिइएको हो ।

दुवै देशले आयोजना अघि बढाउन आ(आफ्नातर्फबाट विस्तृत इन्जिनियरिङ अध्ययन कार्य गरिसकेका छन् ।

Comments

comments