जिम्बाबेस्थित एक रंगशालामा चलिरहेको धार्मिक कार्यक्रममा भागदौड मच्चिदा ११ जनाको मृत्यु भएको छ ।

भागदौडका क्रममा चार जनाको स्टेडियममै मृत्यु भएको र अन्य  सात जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै विविसिले जनाएको छ । प्रहरीले स्टेडियमबाट बाहिर जाने अधिकांश बाटो बन्द गरेको आरोप लगाइएको छ भने त्यही भिडमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि उनीहरु मारिएको दावी गरिएको ।

तर, प्रहरीले भने अश्रुग्याँस प्रहार नगरेको दावी गरेको छ ।

Comments

comments