नेपाल सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने कार्यालयहरूबाट सेवा प्रदान गरिने समयावधि बढाउने निर्णय गरेको छ ।

बढी भिडभाड रहने कार्यालयहरु अब बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छ । अहिले सबै कार्यालय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्दै आएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले त्यसरी जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

Comments