आसन्न सार्क शिखर सम्मेलन अवधिभर मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण समय हेरफेर हुने भएको छ ।

त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम ४ सयजति उडान–अवतरण हुने गरेका छन् । यिनमा ३ सय ३० देखि ४० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन् । यही चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनले आगामी मंसिर ८ देखि १२ गतेसम्म सम्पूर्ण उडान–अवतरण सयम हेरेफर गरेको हो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले सार्क सदस्य राष्ट्रबाट काठमाडौंमा आयोजना हुने सम्मेलनमा सहभागी हुन विशिष्ठ पाहुना आउने भएकाले नियमित उडान गरिरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान–अवतरण हेरफेर गरिएको जानकारी दिनुभयो ।

Comments