जाजरकोटमा आज विहानै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगाबाट सुर्खेततर्फ जादै गरेको ना ३ ख १४०८ नम्बरको बस जाजरकोटको भुर गाविसस्थित भेरी नदीमा खसेर दुर्घटना भएको हो । मध्यपश्चिम यातायात व्यवसायीबाट सञ्चालिन बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २० भन्दा बढी घाईते भएको जाजरकोट प्रहरीले जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको छ ।

Comments

comments