रिल लाइफमा धेरै रोमान्स गरीसकेका बलिउडका चर्चित प्रेमजोडी हुन्, रणवीर कपुर र कट्रिना कैफले रियल लाइफमा पनि प्रेमका अनेक उार चढाव देखिरहेकाछन् । आफ्नो प्रेमको बारे खुलेर कुरा नगरेका उनीहरूले रोमान्स भने खुल्लम खुल्ला गरीरहेका छन् । यस्तै अर्को रोमान्स कुरा बाहिर आएको छ ।

अनुराग बासुको निर्देशनमा  छायांकन भइरहेको चलचित्र ‘जाग जासुस’को दक्षिण अफ्रिकामा  छायांकनका क्रममा उनीहरू ‘हनिमुन कटेज’मा बसेका छन्। नवविवाहित जोडीको हनिमुन यात्राका लागि चर्चित छ फिक्सवर्गमा रहेको उक्त होटेल  । हनिमुन मनाउन जाने जोडी रहने यस होटेलमा विवाहअघि नै एकसाथ समय बिताएपछि रणवीर र कट्रिनाको प्रेम र रोमान्सले थप चर्चा पाएको छ । छायांकनबाट छुट्कारा पाउने बित्तिकै यो जोडि हात समातेर विभिन्न ठाउँमा घुमिरहेको देखिएको छ । यी दुर्इ कलाकारले मुम्बर्इमा सुविधा सम्पन्न फ्ल्याट पनि किनिसकेको र सँगै बस्ने मनस्थितिमा पनि रहेका छन् ।

Comments

comments