आइएस चरमपन्थीहरुले बन्धक बनाएकाहरुको शीर छेदन गरी हत्या गरेको सार्वजनिक भिडियोमा उभिएका व्यक्तिको पहिचान खुलासा भएको छ ।

ती भिडियोहरुमा देखिने कालो कपडा र मुकुन्डो लगाएका तथा सञ्चार माध्यमले जिहादी जोन भनेर नाम दिएका व्यक्ति कुवेतमा जन्मिएका बेलायती नागरिक मोहम्मद एमवाजी भएको विविसिले जनाएको छ । उनी अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरेको जस्तो देखिने भिडियोमा पहिलो पल्ट देखा परेका थिए ।

त्यसपछि अमेरिकी पत्रकार स्टीभन सोटलफ, ब्रिटिश सहायताकर्मी डेभिड हेन्स, ब्रिटिश ट्याक्सी ड्राइभर एलन हेनिंग र अमेरिकी सहायता कार्यकर्ता अब्दुल रहमान काशिगको टाउको काटिएका भिडियोहरुमा पनि उनी देखिएको ठानिएको अधिकारीहरुलाई उदृत गर्दै विविसिले उल्लेख गरेको छ ।

Comments

comments