आवश्यक सामग्री :-

उसिनेको मटर – आधा कप, पनीर–२०० ग्राम, बर्गर बन्स–४, हरीयो खुर्सानी–२, मक्खन–१ ठुलो चम्चा, प्याज–१, मरीचको धुलो–१ चम्चा, मह–१ चम्चा, हींग–१÷४ चम्चा, धुलो खुर्सानी–१ चम्चा, पुदीनाको पत्ता १२–१५, हरीयो धनियाँ –१२–१५, मिचिएको आलु–२, ब्रेड क्रम्ब्स–१÷४ कप, नुन– स्वादअनुसार ।

बनाउने तरीका :-

एउटा प्यानमा तेल तताउने । तताएको तेलमा काटेको प्याजलाई हाल्ने । त्यसपछि मरिचको धुलो र नुन राखेर प्याजलाई फ्राई गर्ने । अब प्याजलाई एउटा भाँडोमा निकाल्ने र हरीयो खुर्सानीलाई एकछिन फ्राई गर्ने । त्यसपछि हींग र धुलो खुसानी राख्नुहोस । त्यसलाई राम्रोसंग मिलाउनुहोस र हरियो मटर राखेर २ मिनेट फ्राई गर्नुहोस । अब मटरको मिश्रनलाई एउटा भाँडामा झिकेर राख्नुहोस र चिसो हुन दिनुहोस । त्यसपछि पुदीना र हरियो धनियाँलाई मसिनो पारेर काट्नुहोस र मटरको मिश्रणलाई राम्रोसंग मिक्स गर्नुहोस ।

अब आलुसंगै पनिर, ब्रड क्रम्ब्स, मह राख्नुहोस र राम्रोसंग मिक्स गर्नुहोस । अब यस मिश्रणलाई हल्का फ्राई गर्नुहोस । त्यसपछि बर्गर बन्सलाई काट्ने र र दुबै स्लाइसेजमा मेयोनीज र टोमेटो केचअप लगाउने । त्यपछि टमाटरको स्लाइस राख्ने । माथि फ्राई गरिएको प्याज, मटरलाई राख्ने । अब त्यसमाथि फ्राई गरिएको प्याज टोमेटो स्लाइस राख्ने र बर्गर बन राख्ने । अब तयार भयो तपाईको मटर पनीर बर्गर ।

Comments

comments