हलिउडमा महिला र पुरुषको समान पारिश्रमीक हुनु पर्ने बहस चल्न थालेको छ । सह-अभिनेत्रीको अवार्ड जितेकी नायिका प्याटि्रशिया आर्केटले नायिकाको कमाईको कुरा गरेपछि यो बहसमा अधिकारको कुराले स्थान पाएको हो ।

अमेरिकी नागरिकले अर्काको अधिकारको लागि लडेको धारणा राख्दै प्याटि्रशियाले भनिन् ‘अब हामी हाम्रै अधिकारका लागि लड्ने बेला भएको छ ।’ अमेरिकामा नायक र नायिकाले पाउने पारिश्रमिकमा ठूलो अन्तर भएको भन्दै उनले भनिन् ‘अब हामीले पनि पुरुष समानको अधिकारका लागि लड्ने बेला आएको छ ।’

महिला कलाकारले पुरुष बराबर मेहनत गर्दा पनि निक्कै कम पारिश्रमिक पाउनु परेको उनले गुनासो गरेकी छिन् । नेपाली चलचित्र उद्योगको कुरै रहेन, बलिउडमा पनि नायिका र नायिकाको पारिश्रमिक अनुपात झण्डै यस्तै खालको छ । तर, बलिउडमै पारिश्रमिकको यस्तो असन्तुलन देखिएपछि पारिश्रमिक बिभेदको मुद्दाले चलचित्र बजार तातेको छ ।

नायकभन्दा ७ गुणा कम पारिश्रमिक नायिकाहरुले पाउने गरेका छन् ।

Please follow and like us:

Comments