मौसममा एक्कासी आएको परिवर्तनका कारण देशभर पानी परेपछि चिसो बढेको छ ।

मोसममा आएको परिवर्तनले आन्तरिक तथा वाह्य उडानहरु समेत प्रभावित भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज बिहान दुईओटा उडान भएका थिए भने त्यसपछि कुनै उडान हुन सकेको छैन । विमानस्थलको भिजीबिलिटी घटेर हजार ५ सय मिटर मात्रै रहेकोले थप उडान हुन नसकेका हुन् । बुधबार पश्चिम नेपालबाट छिरेको पश्चिमी वायु विहीबार बिहान काठमाडौं आइपुगेको र साँझसम्म पूर्वी नेपालमा पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिसम्म मौसम बदली हुने र शुक्रबारबाट क्रमशः मौसम सुध्रिँदै जाने उनको भनाइ छ । उता, देशका उच्च पहाडी क्षेत्रमा बर्षासंगै विहीबार बिहानैबाट हिमपात भएको छ । म्याग्दी, मुस्ताङ, मनाङ, ताप्लेजुङ, जुम्लालगायतका जिल्लामा हिमपात भएको हो ।

Comments