चितवनमा ४ जनामा ‘स्वाइन फ्लु’ भेटिएपछि उच्च सर्तकता अपनाइएको छ ।

भरतपुर अस्पतालबाट नमुना परीक्षणका लागि पठाइएका ४३ जना मध्ये ४ जनामा यो संक्रमण फेला परेको हो । स्वाइन फ्लु देखापर्नेमा ३ जना भरतपुर उपमहानगरपालिकाका र एकजना नवलपरासीको दिव्यपुरीका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका संक्रमित तीनै जना महिला रहेको जनाइएको छ ।

स्वाइन फ्लुविरुद्धको अभियानलाई तीव्रता दिन केन्द्रबाट औषधि मगाइ सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Comments

comments