प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण नभएसम्म पदबाट राजिनामा नदिने दोहार्याएका छन् ।

संविधान निर्माणपछि स्वतः सत्ता छाड्ने भन्दै आफ्नो राजीनामा नमाग्न आग्रह गरे । आज काठमाडौमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्रैबाट राजीनामाको माग भएकोतर्फ संकेत गर्दै अहिले नै राजीनामाको कुरा नगर्न आग्रह गरे । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीपछि आफूलाई केही पनि बन्ने मोह नभएको उल्लेख गर्दै संविधान लेखनमा गम्भीर हुन सबैलाई आग्रह गरे । संविधान निर्माणपछि आफूले स्वतः सत्ता छाड्ने भन्दै उनले अहिलेका लागि संविधान निर्माण नै सबैको मुख्य दायित्व भएको बताए ।

प्रधानमन्त्री कोइरालाले सहमतिका नाममा आत्मसमर्पण गर्न नसकिने स्पष्ट पार्दै सबैले जित्ने गरी लेनदेनमा आधारित भएर सहमति गराइ छाड्ने दाबी गरे ।

Comments