वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगीमा पर्ने घटनामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै ४४ करोड ५७ लाख रुपैयाँभन्दा बढीको ठगीको उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ  । उजुरी बढे पनि उजुरी फस्र्याैटको कार्य भने न्यून रहेको तथा छानवीन गरी पिडीतलाई न्याय दिलाउने काम पनि सुस्त छ । आर्थिक वर्षको माघ महिनासम्म ठगीका ११ सय ८७ वटा उजुरी परेका छन् । विभागका अनुसार माघसम्ममा कूल ४४ करोड ५७ लाख ११ हजार ८ सय ५२ रुपैयाँको ठगीका उजुरी परेका हुन् ।

Comments