अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी शुक्रबारबाट अण्डर १४ राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुमा फागुन १५ गतेबाट विभिन्न जिल्लाका १२ टोलीको सहभागितामा सञ्चालन हुने प्रतियोगिताको फाइनल २२ गते हुने आयोजक एन्फाले जानकारी दिएको छ । लिग कम नकआउटका आधारमा खेलाइने भन्दै प्रतियोगिताका सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको जानकारी दिइएको छ ।
प्रतियोगिता सञ्चालनको लागि १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

Comments