जारी विश्वकपको १६ औँ खेल अन्र्तगत आई सीसीका एसोसिएट्स राष्ट्र मध्ये शीर्ष टोली आयरल्याण्ड  र युएइबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिजलाई हराएर हौसिएको टोली अर्काे जित निकाल्ने दाउमा आज अष्ट्रेलियाको ब्रेसवर्न ओभलमा उत्रँदैछ । यी दुवै टोली विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन । हालसम्म विश्श्वकपमा जित हात पार्न नसके पनि युएइले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

दुवै टोलीबीचको खेल नेपालीसमयअनुसार बिहान सभा ९ बजे सुरु हुने छ ।

Comments

comments