विभिन्न संवैधानिक निकायमा रिक्त स्थानमा पदपुर्ती गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

आजको संवैधानिक परिषद् बैठकले संवैधानिक निकायहरुका रिक्त स्थानमा सदस्यहरु नियुक्त गर्नेछ । प्रधानमन्त्री सुशील कोईराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो साँझ भएको छलफलमा रिक्त स्थानमा सदस्यहरु नियुक्त गर्ने विषयमा छलफल भएको थियो । बिहान ९ बजे बस्ने बैठकमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा नियुक्तिका विषयमा छलफल हुनेछ ।

Comments