मालपोत र नापी कार्यलयको सेवा केन्द्र स्थापना गर्ने निर्णय खारेज गरेको भन्दै सिमराबासीको ९ दिनदेखिको आन्दोलनले उग्र रुप लिँदै गएकोे छ ।

आन्दोलनरत स्थानीय आज राजमार्गमा उत्रिएपछि हटाउने क्रममा प्रहरीसँग झडप भएको हो। प्रशासनले जारी गरेको निधेषित क्षेत्र तोड्दै बन्दकर्ता सडकमा उत्रेर स्थानीय प्रदर्शनमा उत्रेका थिए । यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि हिंसात्मक झडप भएको हो । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पूर्वपश्चिम राजमार्गको चुरियामाईदेखि निजगढको धन्सार पुलसम्म र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुरसम्म निषेधितक्षेत्र घोषणा गरेका थिए।

निधेषित क्षेत्र तोडेर राजमार्गमा उत्रिएका प्रदर्शनकारीमाथी पाँच सयको संख्यामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाउने प्रयास गर्दा स्थिती तनावपूर्ण बनेको हो ।

Comments