आइसीसी विश्वकप क्रिकेट अन्र्तगत १२ औँ खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

दुनेदिन मैदानमा अफगानिस्तानले ४९ ओभर ४ बल खेल्दै अल आउट हुँदा २ सय ३२ रन जोडेको छ । टस जितेर फिल्डीङ गरेको श्रीलंकाले अहिले केहीबेरमा जवाफी व्याटिङ थाल्दैछ । यसैगरी आजै बिहान हुने अर्काे खेलमा भारत र दक्षीण अफ्रिका भिड्ने छन् । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई हराएर उच्च मनोबल बनाएको भारत आज दक्षीण अफ्रिकालाई हराउँदै दोश्रो जित दर्ता गर्ने दाउमा मैदान उत्रने छ ।

यद्यपि विश्वकप यात्राका क्रममा भारतले अफ्रिकालाई हराएको इतिहास भने छैन ।

Comments