सुनसरीमा जन्मेर हुर्किएकी ” प्रजिता गेलाल” गएको सात बर्ष यता अष्ट्रेलियाको एडिलेडमा बस्दै आएकी छिन् | सांगीतिक बजारमा उदयीमान गायिका प्रजिता आफ्नो तेस्रो एल्बम ” प्रजिता” लाई बजारमा ल्याउने तयारीमा छिन् |

प्रजिताको सुमधुर स्वर, शैलेश अधिकारीको शब्द संगीतमा सजिएको ” छाडी नजाऊ ” गीत भने म्युजिक भिडियो सहित चर्चाको शिखर चढ्दैछ | प्रजिताले आफ्नो यो गीत मा आफै अभिनय समेत गरेकी छिन् |

पहिलो एल्बम “स्टिल लभिंङ्ग यू ” को “चन्चल चन्चल” बोलको गीतबाट चर्चा बटुलेकी प्रजिता भन्छिन् ” मेरो जीवन नै संगीत हो| सांगीतिक आकाशमा यो मेरो तेश्रो आगमन हो | ”

सन् २०१२ मा दोश्रो एल्बमको  ‘झुमीझुमी’ बोलको गीतले छोटो समयमा नै श्रोतको मनमा बसीसकेकी थिईन्  प्रजिता | विदेशी भूमिको व्यस्तता र अनेक अप्ठ्यारालाई चिर्दै संगीत साधनामा तल्लिन उनि , नेपाल प्रति अथाह माया रहेको बताउँछिन् | त्यसैले यसपटक पनि नेपाली संगीत प्रेमी दर्शकश्रोताहरुको मन “प्रजिता” ले जित्नेमा बिश्वस्त छिन् उनि |

Comments

comments