वीरगन्जमा हिजोदेखि सुरु नेपाल–भारत बोर्ड समिट आज पनि जारी रहने भएको छ ।

आज खुला सीमा व्यापार, पर्यटन, सीमा क्षेत्रमा देखिएको चुनौती र त्यसको समाधान लगायतका विषयमा छलफल हुँदैछ । समिटको उद्घाटन गर्दै भारतीय राजदुत रन्जित रेले नेपाल–भारतकाबीचको दसगजा क्षेत्रको अबस्था निकै नाजुक रहेको बताउनुभयो । उहाँले ठाउँठाउँमा दसगजा क्षेत्र दुवैतर्फबाट अतिक्रमणमा परेकाले त्यस क्षेत्रको अबस्था निकै नाजुक रहेको बताउनुभएको हो ।

सिमा व्यवस्थापनका लागि नेपाल–भारतका सरकारी निकायबीच नियमित बैठक भएजस्तै नागरिक समाजबीच पनि समय समयमा छलफल आवश्यक रहेकोमा समिटमा सहभागिहरुले जोड दिएका छन् ।  वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासले पहिलोपटक आयोजना गरेको दुईदिने समिट आज सकिने बताइएको छ ।

Comments

comments