कप्तान ब्रेण्डोन म्याककुलुमले बिश्वकप कप क्रिकेटमा सर्वाधिक छिटो अर्धसतक पुरा गर्ने किर्तिमान बनाएपछि जारी प्रतियोगितामा न्युजिल्याण्डले लगातार तेस्रो जित दर्ता गरेको छ ।

आफ्नो पहिलो खेलमा आयोजक अष्ट्रेलियासँग १ सय ११ रनले पराजित भएको ईङ्ल्याण्ड दोस्रो खेलमा सहआयोजकसँग स्तब्ध बनेको हो । १८ वलमा अर्धसतक पुरा गर्दै म्याककुलुमले किर्तिमान बनाएपछि आज बिहान भएको खेलमा सहआयोजक न्युजिल्याण्डले ईङ्ल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरमा पराजित ग¥यो ।
ईङ्ल्याण्डले दिएको १ सय २४ रनको सामान्य लक्ष्य किबिज टोलीले १२ ओभर २ वलमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा म्याककुलुमले २५ वलमा ७७ रनको बिष्फोटक पारी खेले । १८ वलमा अर्धसतक पुरा गरेका उनले ७ छक्का र ८ चौका प्रहार गरे । टेष्ट ब्याटिङ्गको आईसिसि अवार्ड हात पारेको एक दिनपछि म्याककुलुमले वन डे क्रिकेटमा समेत आफु अब्बल रहेको सावित गरे ।

यसअघि टीम साउथीले ७ विकेट लिएपछि विलिङ्गटनमा टस जितेर ब्याटिङ्ग गरेको ईङ्ल्याण्ड ३३ ओभर २ वलमा १ सय २३ रनमा समेटियो । ईङ्लीस ईनिङ्गस्को धज्जी उडाउनेक्रममा ९ ओभर बलिङ्ग गरेका साउथीले ३३ रन खर्चिएर ७ विकेट लिए । यो बिश्वकप क्रिकेटको अहिलेसम्मकै सर्वाधिक तेस्रो उत्कृष्ट बलिङ्ग प्रदर्शन हो । ७ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केको ईङ्लीस पारीमा जोए रुटले सर्वाधिक ४६ रन जोडे ।

प्रतियोगितामा भोली पाकिस्तान र वेष्टईण्डिज तथा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

Comments

comments