बलिउड स्टार गोविन्दाको छोरी अब बलिउडमा प्रवेश गर्ने भएकी छन् । छोरी नर्मदालार्इ लामोसमयदेखि बलिउडमा लञ्च गराउन प्रयासरत गोविन्दाको सपना अब भने पूरा हुने भएको छ । नर्मदाले विगत ३ वर्षमा ३० भन्दा बढी फिल्मलाइ रिजेक्ट गरेकी थिइन । नर्मदा पंजाबी फिल्म निर्देशक स्मीप कांगको आगामी चलचित्रमा काम गर्ने भएकी हुन ।
नर्मदाको पहिलो फिल्म भने कमेडी हुनेछ । अगस्टको अन्तिमसम्म रिलिज गर्ने तयारी भैरहेको उक्त फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । लामो समयदेखि बलिउडमा आउन चाहेकी नर्मदाले ज्योतिषीको सल्लाहमा नाममा स्पेलिङ समेत परिर्वतन गरेकी थिइन । सन् १८८९ जुलाइ १६ मा जन्मिएकी उनले किशोर  नमित कपूर इंस्टिट्यूट  तथा  लन्डन फिल्म इंस्टिट्यूटबाट अभिनयको कोर्स लिएको थिइन ।

Comments

comments