आज फेब्रअरी चौध तारिक अर्थात प्रेमी–प्रेमिकाहरुको विशेष पर्व भ्यालेनटाइन डे प्रणय दिवस ।

आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । आज कोही आफ्नो श्रीमानसँग डिनरका लागि रेष्टुराँ निस्कदैैछन त कोही आफ्नो प्रमिकासँग विभिन्न मलमा आयोजना गरिएको भ्यालेनटाइन डे को कार्यक्रममा सहभागी हुदैछन । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे मनाइईदै आइएको छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।

यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाईप्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ । आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।
प्रणय दिवस नेपालमा पनि प्रेमि–प्रेमिकाहरुको लागि भनेर विभिन्न ठाउँहरुमा स्पेशल पार्टीको समेत आयोजना गरिएको छ भने कलेजमा प्रेम पत्र लेखन प्रतियोगीताको आयोजना गरिएको छ ।

त्रिविमा स्नातकोत्तर तहमा अध्ययनरत मनोज वानियाँ भ्यालेन्टाइनको दिन अफिस नगएर आफ्नी श्रीमतीसँग डिनरको लागी जाने बताए । उनले मन्द मुस्कानमा भने मैले श्रीमतीको लागि रेड रोजका साथै स्पेशल गिफ्ट दिदैछु । यस्तै मदन भण्डारी कलेजमा विविए तेस्रो वर्षमा अध्ययन गरिरहेकी ईन्दिरा थापा आफ्नो प्रमिसंग पहिलो पटक डेटिङ जाने बताउछिन् । यसैगरी काभ्रे घर भएका श्रीराम केसिको योजना पनि उस्तैछ । उनी पनि आफ्नी प्रमिकासंग धुलिखेलस्थित हजार सिँढि जादैछन् । उनले केही लजाएको भावमा भने भ्यालेन्टाइन डे मा साच्चै एक्साइटेड भएको छुु त्यसमाथि हाँस्दै थपे उनीसंग घुम्न जानुको मज्जा नै अर्को छ ।

भर्खरैमात्र विवाह बन्धनमा बाधिएकी अनिता अधिकारीले भ्यालेन्टाइनको दिन डिनरको लागि हजबेन्डसँग जाने बताइन् । उनले यसपालिको भ्यालेन्टाइनको दिनमा खासै गिफ्ट त केही दिदिन होला।उहाँ बिहानै अफिस जानुहुन्छ त्यसैले डिनरको लागी सँगै जाने प्लान बनाएका बताईन् । नेपालको संस्कृतिभित्र नपरे पनि ‘मायासँग गाँसिएकोले यो दिवस मनाउनेहरुको जमात वर्षेनी नेपालमा बढ्दै गएको पाइन्छ । यो दिवस नयाँ प्रेम प्रस्ताव राख्ने दिनको रुपमा लिन्छन् हरेक युवायुवती । अझ् प्रेमी प्रेमीकाबीच मात्र नभई, आफन्तसँग माया साटासाट गर्ने दिनकोरुपमा पनि लिने गर्छन् ।

त्यसो त भ्यालेन्टाइन युवापुस्ताले मात्र नभई विवाहित महिला पुरुषले पनि एक अर्कामा माया गरेको आभाष दिन मनाउने गर्छन् । आफ्नोपनलाई छाँयामा पार्ने यस्ता आयतीत संस्कृतिलाई सही किसिमले मनाउन आवश्यक रहेको उनीहरु बताउछन ।
स्वतन्त्र हिसाबले प्रेम दिवस मान्दा छाडापनको संस्कृति भित्रिने हो कि ?

Comments

comments