संयुक्त राष्ट्रसंघले प्रमुख विपक्षी दल एकीकृत माओवादीलाई तत्काल वार्तामा बसेर राजनीतिक समस्या समाधानमा लाग्न आग्रह गरेको छ ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार निर्माण गर्ने तथा आन्दोलन गर्ने सत्तापक्षलाई धम्की दिएको भोलिपल्टै अर्थात हिजो उसले यस्तो आग्रह गरेको हो । राष्ट्रसंघका महासचिव वान कि मुनका तर्फबाट राजनीतिक मामिला सम्वन्धी उपमहासचिव जेम्स फेल्टम्यानले दाहाललाई टेलिफोन गरेर वार्तामार्फत शान्तिप्रक्रिया टुंगोमा र्पुयाउदै संविधान जारी गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालबाट लगातार समानान्तर सरकार निर्माण गर्ने र युवा दस्ता निर्माण गर्ने धारणा सार्वजनिक हुन थालेपछि राष्ट्रसंघले चासो देखाएको एक अधिकारीले जनाएका छन् । तर राष्ट्रसंघले भने यसबारे औपचारिक रुपमा केही जानकारी बाहिर ल्याएको छैन ।

Comments

comments