११ औँ संस्करणको विश्वकप क्रिकेट अन्र्तगतको पहिलो खेलमा अहिले आयोजक न्युजिल्याण्ड र श्रीलंकाबीचको खेल जारी रहेको छ ।

घरेलु मैदान क्रिस्टचर्चमा टस हारेर व्याटिङ गरेको न्युजिल्याण्डले श्रीलंकासामु तीन सय बत्तीस रनको चुनौती पेश गरेको छ । निर्धारित ओभरमा न्युजिल्याण्डले ६ विकेट गुमाएर तीन सय एकतीस रन जोडेको हो । पहिलो विकेटका लागि मार्टिन गुप्तील र ब्रेण्डम म्याककुलमले एक सय एघार रनको उत्कृष्ट साझेदारी गरेपछि न्युजिल्याण्डले बलियो चुनौती पेस गरेको छ ।उसका लागि काने विलियम्सनले ५७ र अन्तिम बलमा आउट हुनुअघि कोरे एण्डरसनले ७५ रनको योगदान दिएका छन ।

श्रीलंकाका लागि सुरंगाा लकमल र जीवन मेण्डीजले समान २ २ विकेट लिएका थिए भने रंगना हेराद र नुआन कुल्सेखराले १ १ विकेट लिएका थिए ।
श्रीलंकाले अहिले केहीकेरमा जवाफी व्याटिङ गर्दैछ ।

Comments

comments