एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाबाटै संविधान नबने मुलुक मुठभेडतर्फ जाने चेतावनी दिनुभएको छ ।

इलाममा आज आयोजित एक कार्यक्रममा नेता श्रेष्ठले संविधानसभा भित्र भएकै दलहरु मिलेर अघि नबढे देश ठूलो दुर्घटनातर्फ धकेलिने बताउनुभयो । सबै जातिको समान अधिकारको सुनिश्चितताको पक्षमा एकीकृत माओवादी रहेको भए पनि अन्य राजनीतिक दलले पहिचानको मुद्दालाई तोडमोड गरेरे प्रचार गरेको उहाँको भनाइ थियो ।

Comments

comments