संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आजदेखि मेची–महाकाली अभियान सुरु गरेको छ ।

काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे हुने अभियान उदघाटन कार्यक्रमलाई अध्यक्ष मोहन वैद्यले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । २० औं जनयुद्ध दिवसको अवसर पारेर सुरु गरिएको अभियानका लागि नेताहरुलाई देशभर खटाइएको छ ।

आगामी चैत २४ गतेसम्म चल्ने छ अभियानमा संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार लगायतका कार्यक्रम हुनेछन् ।

Comments

comments