शैली थिएटरको आयोजनामा माघ २६ बाट सुरु भएको छैैंटौं राष्टिय बाल नाटक महोत्सवको चौथो दिन विभिन्न विद्याालयका ३ नाटकहरु मञ्चन गरिएका छन्  । राजधानीको कमलपोखरी स्थित रसियन सांस्कृतिक केन्द्रमा भैरहेको  यस बर्षको  छैटौं राष्ट्रिय बाल नाटक महोत्सब फाल्गुन ३ गते सम्म  जारि रहने छ |

10984897_705539272900640_2132958879_n

शैली थिएटरले नेपाली रगमञ्चमा पर्याप्त जनशक्ति उत्पादन गर्ने अभिप्रायले ३ महिने अभिनयको कार्यशालाबाट तयार गरेको रसियन लोक कथामा आधारित “बाबा यागा”मञ्चन गर्यो । आन्यालाई (हिमा राई) उसको सौतिनि आमाले (कुसुम काफ्ले) सार्रै दुख दिन्छिन् । आन्यालाई स्कुल पढ्न , राम्रो न्यायो कपडा लगाउन , मिठो खान र रमाउन दिइदैन । तर उसको बुबाले (सहिन प्रजापति) आन्यालाई माया गर्छन् । सौतिनि आमाको अगाडि उसको बुबा विवश भई आन्यालाई सुनसान जगलमा बाबायागा(सपना सजिवनि ) नामक राक्षसको मा छोडदिन्छन् । आन्याले यस्तो डरलाग्दो परिस्थितिमा आफुलाई सुरक्षित गर्दै नाटक कसरी अगाडि बढ्छ भन्ने कुरा नाटकमा बडो रोचक ढगले प्रस्तुत गरिएको छ ।
नाटकमा हिउको पहाड हिउबाबा (शालीग्राम गौतम),आन्याको कुकुर (सौरव ढकाल) र बाबायागाको मुसाको(सविन न्यौपाने) प्रस्तुतिले नाटकमा दर्शकलाई निकै मनोरञ्जन दिन्छ । त्यसतै विद्यालयको दृश्यमा पिउन (बद्री गौतम) र विद्यार्थीहरुले (शसाक बोहोरा ,सुबु सुवास,मेघा सेर्ष्ठ ,नव रिमाल ,नवराज अधिकारी, समुद्रराज घिमिरे,विकल्प अधिकारी ) दर्शकलाई हसाँउछन् । पर्दा पछाडिबाट अमन मालीको सगीत र कोरसको गीतले दर्शकलाई भावुक बनाउछ । महेश पौड्यालको नाट्य रुपान्तरणमा नवराज बुढाथोकीको निर्देशनमा बाबायागा नाटक शनिवार ३ र आईतबार ११ र २ बजे पनि मञ्चन हुने कुरा यस महोत्सवका सयोजक आर्यन न्यौपानेले जानकारी दिनुभयो ।
बिहिबारको दोस्रो नाटक प्रदिप खड्गीको निर्देशनमा “आखाको ज्योति” नामक नाटक मञ्चन भयो । विद्याविकास स्कुलको प्रस्तुति रहेको यस नाटकमा मनिष खड्का , सचिन कडेल , सुसान्त तामाङ , शिशिर परियार ,सुजाता न्यौपाने आदिको अभिनय थियो । तेस्रो नाटक ” बल्ल चेत खुल्यो” साहारा नेसनल स्कुलको प्रस्तुति थियो भने यसलाई निर्देशन पद्मराज सापकोटाले गर्नु भएको हो । यस नाटकमा कपिल ढुगाना , शैलेश सुवेदी , विकल्प पान्डे , पुर्णिमा सावत , भुवन बस्नेत , शिरिष विसि आदिले अभिनय गर्नु भएको थियो । यस स्कुलका प्रिन्सिपल एवम् नाटकका निर्देशक पद्मराज सापकोटाले शैली थिएटरको यो अभियानले आफुलाई आफ्ना विद्यार्थीहरुलाई सिर्जनात्मक कार्यमा लगाउन शक्ति दिएको कुरा व्यक्त गर्नुभयोे ।

महोत्सवको पाचौ दिन फागुन १ गते बिहान ११ बजे ओसिड नेपालको “माया ” , १ बजे सान्त्वना मेमोरियल स्कुलको “अवस्था” र ३ बजे शिवपुरी स्कुलको “लक्ष्यको खोजीमा” मञ्चन हुने छन् । महोत्सवको अन्तिम दिन फागुन ३ गते निर्णायकको निर्देशनअनुसार चेखव उत्कृष्ठ निर्देशक पुरस्कार ,शैली उत्कृष्ठ अभिनय पुरस्कार र बालकोशेलि उत्कृष्ठ नाटक पुरस्कार दिने जानकारी यस महोत्सवका सयोजक आर्यन न्यौपानेले दिनुभयो ।

Comments

comments