नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन समाप्त हुने गरी इतिहासमा धेरै घटना हुँदा पनि बाँच्न सफल भएको बताउनु भएको छ । उहाँले अव आफु र नेकपा एमाले मुलुक र संविधान बनाउन रकेट तथा प्रकासको जस्तो गतिमा लाग्ने उद्घोष समेत गर्नुभएको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आफूलाई भेट्न आएका नागरिक अगुवाहरुसंग कुरा गर्दै ओलीले इतिहासमा धेरै पटक अप्रिय र जीवन समाप्त हुने खालका घटना स्मरण गराउदै यस्ता घटनाबाट बाच्न सफल भएकोले अव मुलुकको लागि केहि गरेर देखाउने बिश्वास दिलाउनु भयो । एमाले अध्यक्ष ओलीले गम्भीर हुंदै विगतमा आफुले मृत्युलाई छल्न सकेको स्मरण गराउदै राष्ट्रिय एकता, अखण्डता र समृद्ध भविष्यका लागि आइपर्ने जुनसुकै संकट सामना गर्न तयार रहेको बताउनु भएको थियो ।

अध्यक्ष ओलीले संघीयता बालबच्चाले खेल्ने भाँडाकुटी खेल नभएको भन्दै आफू दलहरुबीचको सहमतिका लागि हरपल प्रयत्नशील र इमान्दार भएर लागेको पनि जिकीर गर्नु भयो । सहमतिका नाममा देशलाई सम्पूर्ण रुपले तराई र पहाडलाई अलग गर्ने, जातीय सदभावमा चोट पार्ने तथा मुलुकले धान्न नसक्ने गरी राज्यको संख्या मान्ने पक्षमा आफु नरहेको अध्यक्ष ओलीले दोहो¥याउनु भयो ।

Please follow and like us:

Comments