एकीकृत माओवादीका अध्यक्ष पुुष्पकमल दाहालले आगामी चैत्र भित्र देशमा समानन्तर सरकार बनाउने घोषणा गर्नुभएको छ । दुई तिहाईको दम्भमा सत्तापक्षले जर्वजस्ती गर्न खोजे सडकवाटै जनताको संविधान जारी गर्ने चेतावनी समेत उहाँले दिनुभएको छ ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतका सहमति र सम्झौतावाट दायाँवायाँ गरे नेपाली कांगे्रस र एमालेलाई महँगो सावित चेतावनी दिनु भएको छ । विपक्षी मोर्चाले घोषणा गरेको आन्दोलनलाई कमजोर नसोच्न घोषणा गर्दै एकीकृत माओवादी अध्यक्ष दाहालले समानान्तर संघीय सरकार गठन गरि राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकायलाई कुन सरकार बैद्य हो भनि प्रश्न राख्ने बताउनु भयो । संघीयता पक्षधर सात दलले विहिवार काठमाडौमा आयोजना गरेको पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा अध्यक्ष दाहालले दुई तिहाईका वलमा परिवर्तनकारी शक्तिलाई किनारा लगाउने दिवास्वप्न नदेख्न चेतावनी दिनु भयो । उहाँले सत्तापक्षले जर्वजस्ती गर्न खोजे आन्दोलनका क्रमममा फाल्गुण १६ गते देखि सरकारी कार्यालय कव्जा गर्ने, नाकावन्दी गर्ने तथा समानान्तर सरकार निर्माण गरेर सत्ता चलाउने घोषणा गर्नुभयो ।

लडेर ल्याएको परिवर्तन गुम्न लागेको बताउदै उहाँले लडेरै रक्षा गर्नु पर्ने समय आउदा आफूलाई पीडावोध भएको बताउनु भयो । नागरिकमा आएको जागरुकता र चेतनाको कारण छापामार लडाईको आवश्यक्ता नरहेको बताउँदै अध्यक्ष दाहालले लडाई जित्नका लागि लाखौं युवाको हातहातमा रहेको लाठी नै काफी रहेको दावी गर्नु भयो ।

Comments