बजारमा ग्यासको अभाव अझै नसुल्झिए पछि स्वयं सभासद्हरुले नै आफुहरु बिस्कुट खाएर आउनु परेको भन्दै संसदीय समितिमा आक्रोस पोखेका छन । संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा सभासद्हरुले यस्तो आवाज उठाए पछि शुक्रबार नै मन्त्री, सचिव र आयल निगमका अधिकारीलाई बोलाएर ग्याँसको अभाव हटाउन तुरुन्त प्रक्रिया थाल्न निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा काठमाडौ ९ बाट निर्वाचित कांग्रेस सभासद ध्यानगोविन्द रञ्जीतले समिति सभापति शेरधन राई समक्ष आफ्नो घरमा केहि दिन देखि ग्याँस नभएको र बजारमा समेत उपलब्ध नभएको भन्दै बिस्कुट खाएर बैठकमा आएको सुनाए पछि अन्य सभासद्हरुले पनि यस्तै समस्याबाट आफुहरु गुज्रीएको बताएका थिए ।

सभासद्हरुले आफ्नो समस्या मात्र नभई आम जनताले समेत ग्याँस खोई सभासद् ज्यु भनेर सोधेको प्रश्नमा आफुहरु नाजवाफ भएर हिड्नु परेको भन्दै गुनासो गरेका थिए । खाना पकाउने ग्याँसको अभाव सर्वसाधारणको चूल्होमा मात्र सीमित नरहि सभासद् तथा सम्पन्नहरको घर घरमा समेत हाहाकार मच्चीएको प्रमाण थियो यो । यिनै बिषयमा छलफल भए पछि समितिका सभापति शेरधन राईले शुक्रबारको बैठकमा सम्वन्धित विभागीय मन्त्री , सचिव तथा आयल निगमका प्रतिनिधिलाई बोलाएर यसबारे छलफल गर्ने बताउनु भएको थियो ।

Please follow and like us:

Comments