राष्ट्रपति रामवरण यादवले संविधान लेखन प्रक्रियामा सबैलाई समेट्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्नुभएको छ ।

शीतलनिवासमा बिहान भएको भेटमा राष्ट्रपति यादवले बिपक्षी दलहरुको सहमति बिना प्रक्रिया अगाडि नबढाउन आग्रह गर्नुभएको हो । पछिल्लो समय बिभिन्न दलका शीर्ष नेतालाई शितल निवासमा बोलाएर संविधान लेखन प्रक्रिया सहमति आनुसार नै अगाडि बढाउन आग्रह गर्दै आएका राष्ट्रपति यादवले संबिधानसभा अध्यक्ष नेम्बाङ्गसँगको नियमित भेटमा समेत सोही आशय दोहो¥याउनुभएको हो ।
राष्ट्रपतिले मुलुकलाई निकास दिन सत्ता पक्ष नै अग्रसर हुनु पर्नेमा जोड दिदै विपक्षी दललाई समेत संवाद र वार्तावाटै निकास निस्कन्छ भन्नेमा विश्वास गर्न सुझाव दिनुभयो ।

जवाफमा नेम्वाङले प्रमुख दलहरु छलफल र वार्तामा नबस्दा राजनीतिक गतिरोध लम्विएको गुनासो गर्नुभएको थियो । दलहरुबीच संविधानका विवादित विषयमा सहमति नजुटे पनि प्रक्रिया भने नरोकिने जवाफ दिदै सभाध्यक्ष नेम्बाङ्गले सत्तारुढ कँग्रेस र एमालेले वार्ताको पहल गरिरहेको जानकारी गराउनुभएको थियो ।

Comments