बिश्वकप क्रिकेट पूर्व आज भएका अभ्यास खेलमा पाकिस्तान, अष्ट्रेलिया, जिम्बावे र न्युजिल्याण्ड विजयी भएका छन् ।

पाकिस्तानले ईङ्ल्याण्डलाई ४ विकेटले पराजित ग¥यो । २ सय ५१ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो । ईङ्ल्याण्डले भने निर्धारित ओभरमा ८ विकेट गुमाई २ सय ५० रन बनाएको थियो । यस्तै अष्ट्रेलियाले युएईलाई १ सय ८८ रनले पराजित ग¥यो । ३ सय ५ रनको लक्ष्य पछ्याएको युएई ३० ओभर १ वलमा १ सय १६ रनमा समेटियो । अष्ट्रेलियाले भने निर्धारित पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो ।

अर्को खेलमा हेमिल्टन मासाकाट्जाले १ सय १७ रनको पारी खेलेपछि जिम्बावेले श्रीलंकालाई ७ विकेटले पराजित ग¥यो । २ सय ८० रनको लक्ष्य जिम्बावेले २६ वल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर ब्याटिङ्ग गरेको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाई २ सय ७९ रनको योगफल तयार पारेको थियो ।

यस्तै अर्को खेलमा न्युजिल्याण्डले साउथ अफ्रिकालाई १ सय ३४ रनले पराजित ग¥यो । ३ सय ३२ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ४४ ओभर २ वलमा १ सय ९७ रनमा समेटियो । यसअघि टस जितेर ब्याटिङ्ग गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाई ३ सय ३१ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

Comments