बलिउडका अभिनेता शाहरुख खान आगामी फागुन २४ गते नेपाल आउने भएका छन् । कान्साई न्यारोल्याक पेन्टस्का ब्रान्ड एम्बेसडर रहेका खान त्यसकै पहलमा नेपाल आउनलागेका हुन् ।

शाहरुखलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपाल झिकाउने तयारी एक बर्ष देखि गर्दै आएको थियो ।१ दिने काठमाण्डौं बसाईको लागि आउन लागेका शाहरुखको कार्यक्रम होटल याक एण्ड यति वा ह्यात रिजेन्सीमा मध्ये कुनै एक फाईभ स्टारमा हुनेछ । उनको कार्यक्रममा नेपालका तर्फबाट हिरोइनद्धय प्रियंका कार्की, अकेषा विष्ट र वील्सन विक्रम राईले पनि स्टेज शेयर गर्ने छन् ।

शाहरुखको सम्पूर्ण सुरक्षा ब्यवस्था भारतीय राजदुतावासले गर्ने छ । तर उनको कार्यक्रम सर्वसाधारणका लागि हुने छैन । टिकट ब्यवस्था गर्दा फ्यान फलोअरलाई थेग्न नसकिने भएकाले विशिष्ट बर्गका सेलिब्रेटी, पत्रकार एवं ब्यवसायीहरुका लागि मात्र शाहरुखको कार्यक्रम तय गरिएको छ । उनि आफ्नो चार्टड विमानमार्फत ११ बजे बिहान काठमाण्डौं आउने छन् र सोही राति कार्यक्रममा सहभागी भएर भोलि पल्ट मुम्बई फर्किनेछन् ।

Comments

comments