सर्वनाम नाटकघरले  यहि फाल्गुन २ गते सम्मका लागि भनेर नाटक त्रि-आयाम मन्चन गरिरहेको छ |नेपाली रंगमञ्चकै इतिहासमै महिला लेखक र निर्देशकको कमी भएको तीतो यर्थाथका बीच  महिलाका पिडा उठान गरिएका नाटकहरुको संयोजन त्रि आयाम महीलाहरुले नै लेखन अभिनय तथा निर्देशन गरेका छन् |

supriyaa

सर्वनामको प्रेक्षालयमा  जारी यो  श्रृखलामा दिपा कार्की को असिमपानाहरु, सविना गोपालीको काचुली र सुप्रिया रानाको तासको महल गरि तीन नाटकहरु मञ्चन भै राखेका छन । असिम पानाहरुमा नारी स्वतन्त्रताको कुरा उठाइकोछ, त्यस्तै काचुलीमा अलौकीक शक्ती भएकी रुपमतिको विम्वात्म कथा देखाइएको छ भने तासको मलमा एउटी यौनकर्मी महिलाको कथालाई उतारीएकोछ । नाटक छोटा छोटा छन्ती तर तीन  भिन्दै नाटकहरुले सामान्य तौर तरिकाबाट गम्भीर कुरा उठान गर्न खोजेका छन्  ।

sabina

सर्वनामले प्रशिक्षार्थी नारी कलाकारहरुलाई अगाडी सारेर नारीहरुको कथालाई  उनीहरुकै अनुभुतीमा   रंगमन्चमा उतारेर  नेपाली  नारी लेखक तथा निर्देशकको अभाव परिपुर्ती गर्ने प्रयास गरेको हो  । यो  प्रयास पछाडिको प्रतिफल भने दर्शकहरुको माया र नाटक प्रेमीको प्रतिक्रिया पश्चात नै थाहा हुनेछ | प्रयोगको रुपमा मञ्चन थालनी गरिएको यस एकल नाटक त्रि-आयाम  हरेक दिन बेलुका ४ः३० बजे मञ्चन हुने गरेको छ ।

mmee

Comments

comments