स्विट्जरल्यान्डको एचएसबीसी बैंकमा अवैध सम्पत्ति राखेका आठ नेपालीबारे सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अध्ययन गर्ने भएको छ ।

कर छली वा कर चोरीबाट लुकाइएको हुनसक्ने सो रकमको हैसियत बारे केन्द्रीय बैंकले छानविन गर्ने राष्ट्र बैंकका एक अधिकारीले जनाएका हुन् । नेपालबाट कर छलेर, भ्रष्टाचारजन्य एवं विभिन्न अपराधिक कृयाकलापबाट कमाएको पाँच अर्ब ४० करोड रुपैयाँ स्विस बैकमा लुकाइएको खुलासा भएपछि यससम्वन्धी छानवीन हुने भएको हो ।
अन्तर्राष्ट्रिय पत्रकारको संस्था आइ एफ जेले खुलासा गरेको प्रतिवेदन अनुसार आठजना नेपालीले स्विजरल्यान्डको एच एस बिसि बैकमा पॉंच अर्ब ४० करोड लुकाएका हुन् । कालो धन स्विस बैकमा लुकाउने मुलुकको सुचिमा नेपाल एक सय १६ औं स्थानमा रहेको पनि प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले ३६ बटा बैकखातामा पाँच अर्ब ४० करोड कालोधन थुपारिएको मध्ये एउटै ग्राहकको चार अर्ब ५० करोड तथा बाँकी ९० करोड सातजनाको रहेको खुलाएको छ । २०४६ सालदेखि २०६२ सालसम्ममा कालोधन थुपारिएको भएतापनि कालो धन थुपार्ने नेपालीको नाम खुलाइएको छैन ।

Comments

comments