घानालाई पेनाल्टीमा ९–८ ले पराजित गर्दै आइभरीकोष्टले २३ वर्षपछि अफ्रिका कप अफ नेसन्स कपको उपाधि जितेको छ ।

गोलरक्षक ब्यारीले पेनाल्टी सुटआउटमा घानाको प्रहार रोक्नुका साथै आफैंले गोल गरेपछि आइभरी कोष्टले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो । गएराति भएको उपाधि भिडन्तमा आइभरीकोष्टले घानालाई पेनाल्टीमा ९–८ ले पराजित ग¥यो । यसअघि निर्धारित ९० र थपिएको ३० मिनेटमा खेल गोलसहित बराबरीमा सकिएको थियो ।
पेनाल्टीमा ८–८ गोल भएको अवस्थामा गोलरक्षक ब्यारीले घानाका रज्जाकको प्रहार रोकेका थिए । लगतै पेनाल्टीमा गोल गर्दै उनले आइभरी कोष्टलाई २३ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका हुन् ।

Comments

comments