विदेश लाग्ने वित्तिकै आफ्नो भाषा,संस्कृतिलाई विर्सनुपर्छ भन्ने छैन । अझ आफ्नो देशभन्दा पर पुगेपछि बल्ल आफ्नो देश र पहिचानको महत्व बढी हुन्छन् भन्ने भुक्तभोगीहरुको अनुभव छ ।

त्यसैले अष्ट्रेलियामा रहेका नेपाली समुदायले पनि नेपालीमन र नेपालीपनलाई भुलेका छैनन् । बरु अझ बढी यसप्रति उनीहरु सचेत छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा बेला बेलामा आयोजना भैरहने विभिन्न कार्यक्रमहरुले यसको पुष्टि गर्दछ ।

nepali 1त्यसैक्रममा अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा बस्दै आएका नेपालीहरुले. फेब्रुअरी ८ आइतवार बहुसाँस्कृतिक नेपाली मान्यता र त्यसका महत्वको बारेमा छलफल र अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेकको छ ।

उक्त कार्यक्रममा नेपाली समुदायको पछिल्लो प्रगति,समस्या र चुनौतिको साथमा नेपाली समुदायको दायित्वका बारेमा छलफल भएको थियो । मेलबर्नमा भएको उक्त छलफलमा उल्लेख्य संख्यामा नेपालीहरुको सहभागीता रहेको थियो ।

तस्बीर :सोलाङचर

Comments

comments